समाज


विमानस्थलबाट सुनसहित ५ जना पक्राउ

विमानस्थलबाट सुनसहित ५ जना पक्राउ

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ८:१३,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ५ जनालाइृ पक्राउ गरेको छ।

सोमबार बिहान विभिन्न एयरलाइन्सबाट नेपाल आएका व्यक्तिहरु विमानस्थलमा पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ वास्तोलाले बताए।

बास्तोलाका अनुसार प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ, नवलपरासीका राजु विश्वकर्मा पक्राउ परेका हुन्।

एयर अरेवियाबाट आएका खनाल र खड्काको साथबाट ३ सय ४९ ग्रामका दरले बाला फेला परेको छ।

सुमित र धनबहादुर हिमालय एयरलाइन्समार्फत दुवईबाट आएका हुन्। सुमितको साथबाट २ सय ५० ग्राम र धनबहादुरको साथबाट २ सय ४९ ग्राम सुनका बाला बरामद भएको बास्तोलाले बताए।

नेपाल एयरलाइन्समार्फत दुवईबाटै आएका राजु विश्वकर्माको साथबाट २ सय ग्राम सुनका बाला बरामद भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .