कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार भएको छ।
नर्भिक अस्पतालका अनुसार शाहको प्ल्जामा थेरापी विधिबाट उपचार थालिएपछि स्वास्थ्यमा सुधार आएको हो।
पूर्वराजा ज्ञानेन्द्र, छोरी प्रेरणासहित उनी ९ दिनअघि नर्भिक अस्पताल भर्ना भएकी थिइन्।
शाहको बिहीबारदेखि प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको थियो।
उनको अहिले पनि आईसीयूमै राखेर उपचार भइरहेको छ।
अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ।
प्रतिक्रिया