सरकारले वैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष उक्त सिफारिस गर्ने निर्णय गरेको छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्।
आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन लागेको बताएको एक मन्त्रीले जानकारी दिए।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।
यस कारण प्रधानमन्त्री ओली बहुमतमा छन्। प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ।
प्रतिक्रिया