ad ad

समाज


रवी लामिछानेको गिरफ्तारी शैलीप्रति महासंघको आपत्ति

रवी लामिछानेको गिरफ्तारी शैलीप्रति महासंघको आपत्ति

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १३:५१,

नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको शैलीप्रति आपत्ति जनाएको छ। पत्रकारद्धयको गिरफ्तारीका क्रममा सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकारलाई दुव्र्यवहार गरेको महासंघले जनाएको छ।

महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले साउन ३० गते बिहीबार आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेका थिए।’

पत्रकार पुडासैनीको आत्महत्याको प्रकरणका सम्बन्धमा कानुनी रुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्न यसअघि नै महासंघले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ।

महासंघले भनेको छ, ‘बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् र निन्दनीय काम हो। प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविरीत भएकोे महासंघ ठान्दछ। महासंघ प्रेस र सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेपको तीब्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .