समाज


दीप बस्न्यातको निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश

दीप बस्न्यातको निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ८:२०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

आइतबार उक्त बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश मीरा खड्काको एकल इजलासले सुनुवाइ गर्दै विशेष अदालतका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्नु।’

शुक्रबार बस्न्यातका तर्फबाट उनका सहयोगी प्रज्ज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

Deep Basnet 1

बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागगर्दै मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

डिल्लीबजार कारागार चलान भएका उनी हाल कोरोना संक्रमण भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन्। बस्न्यातले निवेदनमा आफू वृद्ध र रोगी पनि भएकाले थुनामुक्त गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad