ad ad

समाज


धनुषामा मंगलबारदेखि निषेधाज्ञा जारी

धनुषामा मंगलबारदेखि निषेधाज्ञा जारी

शैलेन्द्र महतो
बैशाख १९, २०७८ आइतबार ६:४२,

कोरोना संक्रमण फैलिन नदिन धनुषामा मंगलबार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जनकपुरधाम लगायत धनुषा जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए।

संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो।

प्रदेश २ मै पर्सापछि धनुषा जिल्ला कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ।

शनिबारसम्मको तथ्यांक अनुसार धनुषामा सक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ।

दैनिक करिब १० को हाराहारीमा संक्रमित फेला पर्न थालेका छन्।

सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ।

janakpur nisadeh1

janakpur nisadeh2

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .