समाज


काठमाडौंसहित देशका विभिन्न स्थानमा ५ घण्टादेखि वर्षा जारी

काठमाडौंसहित देशका विभिन्न स्थानमा ५ घण्टादेखि वर्षा जारी

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १:२१,

गण्डकी र बागमती प्रदेशमा झन्डै ५ घण्टादेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार गण्डकी प्रदेशको पहाडी भेग र बागमती प्रदेशका काठमाडौंसहित सबै स्थानमा राति २ बजेदेखि वर्षा भइरहेको हो।

‘मध्यम वर्षा भइरहेको हो,’ मौसमसविद् श्रेष्ठले आज (आइतबार) बिहान ७ बजेतिर नेपालखबरसँग भने, ‘अब यो एक/डेढ घण्टापछि रोकिने सम्भावना छ।’

दिउँसो वा अपराह्नपपछि भने फेरि देशभरकै पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए।

मौसमविद् श्रेष्ठका अनुसार २/३ दिनसम्म मौसम यस्तै रहने सम्भावना छ।

‘निरन्तर वर्षा हुने त होइन, मौसम बदली हुने र दिउँसोपछि मेघगर्जनसहित वर्षा हुने क्रम जारी रहने देखिएको छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ, ‘देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसमविद् श्रेष्ठका अनुसार मेघगर्जन गराउने बादलले नै हावाहुरी ल्याउने हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad