समाज


दाङमा भारतीय गाडीभित्र भेटिए तीनवटा शव

दाङमा भारतीय गाडीभित्र भेटिए तीनवटा शव

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १५:१९,

दाङमा शनिबार राति भारतीय गाडीभित्र तीनवटा शव फेला परेका छन्।

दाङकाे तुलसीपुर-६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको गाडीभित्र तीनवटा शव फेला परेको प्रहरीले जानकारी दिएको हो।

गाडीमा शव रहेको भन्ने खबर आउनासाथ दाङ जिल्ला प्रहरी कार्यालयबाट एसपीसहितको टाेली घटनास्थल जाँदैछ।

शव भेटिएको कुरा दाङका एसपी गणेश चन्दले पुष्टि गरे। 

प्रहरीले हेरिनसकेकाले शव कसको हो, एकिन भइनसकेको एसपी चन्दले नेपालखबरसँग बताए।

प्रहरीका अनुसार स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीनवटा शव फेला परेका हुन्।

गाडी कसको हो भन्ने पनि अहिले खुलिसकेको छैन। घटना रहस्यमय देखिएको छ।

घटनारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .