समाज


साउदी राजकुमार सलमान भन्छन्ः कुरान नै हाम्रो संविधान हो

साउदी राजकुमार सलमान भन्छन्ः कुरान नै हाम्रो संविधान हो

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ११:५,

उनले कुरान हिजो पनि देशको संविधान भएको र अहिले तथा भविष्यमा पनि कुरान नै संविधान रहिरहने बताएका हुन्।

उनले भनेका छन्,‘मैले पहिल्यै पनि भनेको थिए कुरान हाम्रो संविधान हो र अहिले पनि यथावत् छ। र यो आगामी दिनमा सँधैभरी संविधान रहनेछ।’

साउदी अरब पछिल्लो समय महिलाहरु प्रति उदार हुँदै गएको देखिएको छ। त्यसमा राजकुमार सलमानले प्रशंसा पाएका छन्।

तर पत्रकार जमाल खसोग्जीको हत्यापछि भने उनको लोकप्रियता गुम्दै गएको छ। उनले बुधबार राष्ट्रिय टेलिभिजनमा कोरोना महामारी लगायत विभिन्न विषयमा आफ्ना भनाइ राखेका थिए।

उनले भारतसँग साउदीको सम्बन्ध राम्रो भएको बताएका थिएभने देशमा कर बढाउने विषय अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad