समाज


एक दिनमै भारतमा ३ लाख ७९ हजार नयाँ संक्रमित थपिए, ३६ सय भन्दा धेरैको मृत्यु

एक दिनमै भारतमा ३ लाख ७९ हजार नयाँ संक्रमित थपिए, ३६ सय भन्दा धेरैको मृत्यु

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ३:३५,

भारतमा कोरोना भाइरसको संक्रमण झन् झन् तीव्र गतिमा फैलिँदै गएको छ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ७९ हजारभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यस अवधिमा ३ हजार ६ सय ४७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ।

संक्रमण र मृत्युको यो संख्या एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

यस अवधिमा सबैभन्दा धेरै मृत्यु महाराष्ट्रमा भएको छ। त्यहाँ झण्डै एक हजारले संक्रमणकै कारण ज्यान गुमाएका छन्। राजधानी नयाँ दिल्लीमा पनि संक्रमणदर उच्च छ। पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार जनालाई संक्रमण पुष्टि भएको छ।

भारतमा अहिलेसम्म एक करोड ८३ लाख ८ हजारभन्दा धेरैलाई संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण त्यहाँ अहिलेसम्म दुई लाख चार हजार ८ सय १२ जनाले ज्यान गुमाएका छन्। यो बिहीबार बिहान नौ बजेसम्मको तथ्यांक हो।

कोरोना संक्रमण तीव्र बनेका राज्यमा सरकारले लकडाउन गरेको छ। सहरी क्षेत्रका अधिकांश स्कुल कलेजहरु बन्द गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad