समाज


कलंकीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कलंकीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार २:४९,

काठमाडौंको कलंकीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बा ६१ प १५३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिँदा कीर्तिपुर नगरपालिका १० बाघभैरवका ५० वर्षी राजमान महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा उनी एक्लै सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad