काठमाडौं जिल्लामा कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउन स्थगन गरिएको छ।
स्वास्थ्य कार्यालय (काठमाडौं) का अनुसार सरकारले बुधबार बेलुका दिएको निर्देशनबमाेजिम आज (बिहीबार) देखि काठमाडौं जिल्लामा भेरोसेल खोप लगाउने अभियान स्थगन गरिएको हो।
खोप लगाउने अभियान केही समयका लागि राेकिएकाे स्वास्थ्य कार्यालय (काठमाडौं) का प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताएका छन्।
तर निरन्तर जारी रहने भनिएकाे खाेप अभियान किन राेक्नुपरेकाे हाे, उनले जारी गरेको सूचनामा केही उल्लेख गरिएको छैन।
चीन सरकारले नेपाललाई भेरोसेल खोपको ८ लाख डोज अनुदान दिएको हो।
दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गते भेरोसेल खोप लगाउन थालिएको थियो।
हेर्नुहोस्, सूचना :


प्रतिक्रिया