ad ad

समाज


जिप दुर्घटनामा एक जनाको मृत्यु, १२ घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, १२ घाइते

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ९:१,

उदयपुरको उदयपुरगढी–७ मा आज (बुधबार) भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

उदयपुरगढीबाट गाईघाट्तर्फ जाँदै गरेको स१च ९३९ नम्बरको बलेरो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाइते भएका थिए।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाईएकोमा उदयपुरगढी गाउँपालिका–१ का ३७ वर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

अन्य घाइतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर पठाएको उक्त कार्यालयले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .