समाज


कोरोनाले नराम्ररी प्रभावित भारतमा प्रधानमन्त्री मोदीकै पार्टीको भीड र र्‍याली!

कोरोनाले नराम्ररी प्रभावित भारतमा प्रधानमन्त्री मोदीकै पार्टीको भीड र र्‍याली!

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ७:२२,

कोरोना भाइरसको नयाँ प्रकारले नराम्ररी प्रभावित भएको भारतमा दैनिक ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन् भने सोही अवधिमा २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

कोरोनाको हटस्पट भारतमा गएको २४ घण्टामा पनि ३ लाख ६० हजार नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ३ हजार २९३ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमितले अक्सिजन नपाएरै भारतमा ज्यान गुमाइरहँदा सत्ताधारी पार्टी भाजपा नै गैरजिम्मेवार देखिएको छ।

भारतमा हुन लागेको नगर चुनावको प्रचारका लागि मोदीको पार्टी भाजपाका सयौं कार्यकर्ताहरु कोरोनाविरुद्धको नियम उल्लंघन गर्दै सडकमा उत्रिएको सीएनएनले जनाएको छ।

उनीहरुले मास्क नलगाएको र व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने दुरीको नियम पालना नगरेको बताइएको छ।

तेलंगना राज्यको चुनावी र्‍यालीका तस्बिर र भिडिओहरु यतिबेला सार्वजनिक भएका छन्। जहाँ मानिसहरु कोरोनाविरुद्धको नियमलाई बेवास्ता गरेको देख्न सकिन्छ।

यस्ता कार्यले भारतमा कोरोनाको अवस्था थप भयावह बन्ने विज्ञहरुले चेतावनी दिएका छन्। भारतमा अहिलेपनि अवस्था भयावह नै छ।

त्यसैकारण विश्वभरबाट आवश्यक सामग्रीको आपूर्ति सहयोग स्वरुप भइरहेको छ। तर भारतकै मानिसहरु विशेषगरी राजनीतिज्ञहरु कोरोनाविरुद्ध सचेत नभएको पाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad