समाज


श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ६:४३,

आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका ७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad