सोमबारदेखि सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोस्रो दिन नेकपा एमालेका सांसद राजिव पहारीले सांसदहरुको कोरोना परीक्षणको माग गरे।
बैठकको सुरुमा बोल्दै उनले केही सांसद दिर्घरोगीसमेत भएकोले कोरोना परीक्षण नगरी संसद बैठक सूचारु गर्न ठिक नहुने बताएपछि एमाले सांसदहरुले बैठक अवरोध गरे।
त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले सभाको बैठक २० मिनेटका लागि स्थगित गरे।
बैठक स्थगित भएपछि बसेको कार्यव्यवस्था समितिको बैठकले सांसदको पीसीआर परीक्षण गरेर आज १ बजे बैठक बस्ने निर्णय गर्यो।
आज आएको रिपोर्टमा ३ जना सांसदलाई कोरोना पुष्टि भएको छ। भने एक जना कर्मचारीलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको छ।
दुई सांसदको नाम गोप्य राखिएको भए पनि वर्तमान अवस्थामा कोरोना परीक्षण गरेर सभा चलाउन माग गरेका सांसद पहारीले आफूलाई कोरोना पुष्टि भएको बताए।
गण्डकी प्रदेश सभामा बोल्दै उनले कोरोना महामारीको समयमा कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउन उनले आग्रह गरेका थिए।
पहारीले आफूमा कोरोना पुष्टि भएको बताउँदै सम्पर्कमा आएका सबैलाई सजग हुन आग्रह गरेका छन्।
उनमा समान्य लक्षण देखिएको छ। पहारीले होम आइसोलेसनमा रहेको बताए।
प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल जारी छ।
यो पनिः
- विशेष अधिवेशनबीच गण्डकी प्रदेशका ३ सांसदमा देखियो कोरोना

प्रतिक्रिया