समाज


‘पीसीआर शुल्क दुई हजार भन्दा बढी लिए कारबाही’

‘पीसीआर शुल्क दुई हजार भन्दा बढी लिए कारबाही’

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १४:४२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पीसीआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पीसीआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिए।

उनका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ।

मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पीसीआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad