दैनिक ३ लाखभन्दा बढीको दरमा त्यहाँ संक्रमित थपिरहँदा सोही अवधिमा २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
गएको २४ घण्टामा पनि त्यहाँ ३ लाख २३ हजार १४४ नयाँ संक्रमित थपिएका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २७ सय ७१ को कोरोनाकै कारण ज्यान गएको छ।
एकैपटक धेरै संक्रमित भएपछि अक्सिजनको माग ह्वात्तै बढेको छ। त्यहाँ अस्पतालका शय्या भरिएका छन्, अस्पताल बाहिरै कोरोना संक्रमित अक्सिजनको अभावमा ज्यान गुमाइरहेका छन्।
अक्सिजन अभाव भएकाले बिरामी भर्ना लिनै मान्दैनन् अस्पताल
यस्तै धेरैको मृत्यु हुन थालेपछि शव दाहगृह पनि भरिभराउ देखिन्छन्। अन्त्येष्टिका लागि पनि परिवारहरु घण्टौं कुर्न बाध्य छन्।
कोलकतास्थित सघन उपचार विशेषज्ञ डा. शाश्वती सिंहाले आपत्कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भएको बताएकी छिन्।
(भिडिओ)
‘आफ्नो २० वर्षको कार्यकालमा मैले यस्तो अवस्था अहिलेसम्म देखेकी थिइनँ’ उनी भन्छिन्।
उनीसँगै भारतका स्वास्थ्य विज्ञले कोरोना भाइरसलाई सामान्य नठान्न आग्रह गरेका छन्।
यतिबेला कोरोनाबाट बच्न भन्दै भारतका विभिन्न स्थानमा लकडाउन गरिएको छ। बीबीसीहिन्दी







प्रतिक्रिया