ad ad

समाज


भवन भत्काउने क्रममा च्यापिएर मजदुरको मृत्यु

भवन भत्काउने क्रममा च्यापिएर मजदुरको मृत्यु

शैलेन्द्र महतो
बैशाख १३, २०७८ सोमबार १२:४८,

महोत्तरीमा भवन भत्काउने क्रममा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

सोमबार बिहान सम्सी गाउँपालिका–२ पर्सा स्थित पुरानो मदर्सा भत्काउने क्रममा काम गर्ने कामदार स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।

स्थानीय सम्सी प्रहरीचौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव आफन्तलाई बुझाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .