समाज


वैज्ञानिकको दाबी : सामान्य रुघाखोकी लगाउने भाइरसले कोरोना भगाउन सक्छ !

वैज्ञानिकको दाबी : सामान्य रुघाखोकी लगाउने भाइरसले कोरोना भगाउन सक्छ !

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १०:३९,

केही वैज्ञानिकले सामान्य रुघाखोकी लगाउने भाइरसले मानिसको शरीरबाट कोरोना भाइरस बाहिर निकाल्न मद्दत गर्ने दाबी गरेका छन्।

केही भाइरस यस्ता हुन्छन्, जसले मानिसको शरीरलाई संक्रमण गर्ने अन्य भाइरसँग युद्ध गर्छन्। सामान्य रुघाखोकी लगाउने केही भाइरस पनि यस्तै हुन्छन्।

युनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिक भन्छन्, ‘यस्तो लाग्छ, रुघाखोकी लगाउने राइनो भाइरसले कोरोना भाइरसलाई हराउन सक्छ।’

वैज्ञानिकले के पनि भनेका छन् भने भलै राइनो भाइरसबाट हुने फाइदा थोरै समयका लागि किन नहोस्, तर यो भाइरस मानिसको शरीरमा यसरी फैलिन्छ कि कोरोना भाइरसको असर कम गर्न मद्दत पुग्छ।

यी कुरा अनुसन्धानबाट प्राप्त ‘सामान्य नतिजा’ हुन्। यसकारण सबै मानिसमा यस्ता भाइरसको प्रभाव यस्तै नै पर्छ भनेर भन्न सकिन्न। तसर्थ यसको अर्थ के होइन भने कसैलाई चिसो, रुघाखोकी लागेको छ भन्दैमा ऊ कोरोनाबाट सुरक्षित भयो।

यसैगरी हामीमा देखिएका लक्षण सामान्य चिसो, रुघाखोकीका हुन् कि कोरोनाका भनेर छुट्याउने काम पनि हाम्रो होइन। यसको निर्क्योल चिकित्सकले मात्र गर्न सक्छन्। यसकारण अनुसन्धानको नतिजालाई राम्रोसँग बुझेर मात्र ग्रहण गर्नुहोस्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad