समाज


ललितपुरको महालक्ष्मी नगरवासीलाई नगरप्रमुखको १९ बुँदे अपिल, के गर्ने के नगर्ने?

ललितपुरको महालक्ष्मी नगरवासीलाई नगरप्रमुखको १९ बुँदे अपिल, के गर्ने के नगर्ने?

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ७:३१,

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले नगरवासीलाई नयाँ भेरियन्टसहितको कोभिड–१९ फैलिनसक्ने भन्दै सचेत र सजग रहन अपिल गरेको छ।

नगरप्रमुख रामेश्वर श्रेष्ठले न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न, भीडभाड नगर्न र आफूसहित अरुलाई पनि स्वास्थ्य सावधानी अपनाउन लगाउन आग्रह गरेका हुन्।

‘नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारी देशभर फैलिरहेकाले यसबाट सचेत र सजग रहन नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु’, उनले भनेका छन्, ‘छिमेकी भारतमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सामान्य भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको चिकित्सकहरुको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ। मृत्युदरका हिसाबले पनि ‘नयाँ भेरियन्ट’ पहिलेको भन्दा घातक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। नयाँ प्रजातिको भाइरसको जोखिम बढिरहेकाले सचेत र सजग रहँदै निम्न सावधानीहरु अपनाउन नगरबासीमा अपिल गर्दछु।’

के गर्ने, के नगर्ने?

१. आफू पनि संक्रमित हुन सक्छु ठानेर स्वास्थ्य सावधानी, सजगता अपनाउनुहुन।

२. स्वास्थ्यका न्यूनतम मापदण्डहरु (भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, सही तरिकाले मास्कको नियमित प्रयोग गर्ने) अनिवार्यरुपमा पालना गर्न गराउनुहुन।

३. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)मा भौतिक रुपमा उपस्थित नभई भर्चुअल माध्यमबाट वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुहुन।

४. सामाजिक, राजनीतिक, साँस्कृतिक कार्यक्रम, भेला, जमघट, फुटसल, दर्शक जम्मा हुने खेलकुदका कार्यक्रम नगर्नुरगराउनु हुन।

५. सकभर धार्मिक क्रियाकलाप घरमै गर्ने । धार्मिक स्थलमा नै जानुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहुन।

७. बजार, पसल, डिपार्टमेन्ट स्टोर, सपिङ मलमा हुने किनमेलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुरगराउनु हुन।

८. सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुहरूलाई मास्क अनिवार्य गर्नुहुन र सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुहुन गर्नुहुन ।

९. होटल, रेस्टुरेन्टबाट टेकअवे र होम डेलिभरी सेवाहरु सञ्चालन गर्नुहुन।

१०. कार्यालय, बजार तथा सार्वजनिक स्थानबाट घर प्रवेश गरेपछि आफूले लगाएका लुगा कपडा परिवर्तन गर्नहुन तथा घरमा रहेका बालबालिका, वृद्धवृद्धा, अशक्त र दीर्घरोगीसँग हेलमेल नगर्नुहुन।

११. लक्षण देखिएमा घरमा अलग्गै स्थानमा बस्न, पीसीआर÷एन्टिजेन परीक्षण गर्नुहुन।

१२. होम क्वारेन्टिन, होम आइसोलेसनमा रहेका नगरबासीमा स्वास्थ्य समस्या आइपरे नगरपालिकामा जानकारी दिनुहुन ।

१३. ६० वर्ष माथिका बृद्धबृद्धा तथा दीर्घ रोग भएका नगरबासी दिदी बहिनी तथा दाजुभाइहरुलाई घर बाहिर नजानु हुन ।

१४. घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेका मास्क नफाल्नुहुन।

१५. विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए पनि कम्तीमा १० दिन होम क्वारेन्टिनमा अनिवार्यरुपमा बसिदिनुहुन।

१६. पीसीआर÷एन्टिजेन परीक्षणका लागि प्रयोगशालामा स्वाब दिए पनि नतिजा नआएसम्म बाहिर हिँड्डुल, भेटघाट र बैठकमा सहभागी नहुनु हुन।

१७. कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा समेत संक्रमण हुनसक्ने भएकाले सामान्य अवस्थामा जस्तै सावधानी अपनाउनुहुन।

१८. होम आइसोलेसनमा रहेकाबेला पनि स्वास्थ्यकर्मीसँग सम्पर्क र सल्लाह लिनुहुन।

१९. अत्यावश्यक बाहेकको अवस्थामा नगरपालिकासहित सरकारी कार्यालयहरुमा नजानुहुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad