सशस्त्र प्रहरी बलले सर्लाहीमा हतियारसहित एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ।
आइतबार राति सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नगरपालिका ६ खुटौनाबाट भारत सितामढी जिल्ला बिसनपुरका २२ वर्षीय सकलदिप कुमारलाई पक्राउ गरेको हो।
उनको साथबाट २ नाल कटुवा पेस्तोल, त्यसको २ राउण्ड गोली र २ सय ग्राम चरेस समेत बरामद भएको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ।
उनी भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए। आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया