खातामा पर्याप्त मौज्दात नभएको जान्दाजान्दै चेक दिएर १२ लाख ५० हजार ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको साविक बेनीघाट गाविस–८ बाहुनटार परिवर्तित बेनीघाट रोलाङ गाउँपालिका–५ का ४५ वर्षीय ध्रुवप्रसाद कँडेल रहेका छन्।
उच्च अदालत पाटनको गत मंसिर १९ गतेको फैसलाले कँडेललाई सात दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएको थियो।
उक्त सजाय बेरुजू रही फरार रहेका उनलाई केनद्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलिले आइतबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
कँडेलले २०७५ भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी जाहेरवाला प्रकाश न्यौपानेलाई १२ लाख ५० हजार बराबरको चेक काटी दिएका थिए।

प्रतिक्रिया