समाज


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु आन्दोलित, सामूहिक राजीनामा दिने चेतावनी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरु आन्दोलित, सामूहिक राजीनामा दिने चेतावनी

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १०:४६,

अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाईदिने सरकारको आश्वसन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्राविधिकहरु आन्दोलित भएका छन्।

आइतबार पत्रकार सम्मेलन गरी प्राविधिकहरुले सेवा प्रवेश गर्दा नै उपलब्ध गराउने भनिएको अतिरिक्त सुविधा उपलब्ध नगराइएको, प्रोत्साहनको लागि मापदण्ड नबनाइएको र यस अघि गरिएका सहमती कार्यान्वयन नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

यस अघि गत चैत्र ३० गते प्राधिकरणलाई दुई बुँदे माग राखि १२ दिने अल्टिमेटम दिएको भएपनि प्राधिकरणले मौनता साधेका कारण पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम घोषणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष ई. अविनाश अमरले बताए।

इन्जिनियरहरुले बैशाख १३ र १४ गते कालोपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, वैशाख १५, १६ र १७ गते कार्यक्षेत्रमा उपस्थित भई पेन डाउन गर्ने र वैशाख १८ गते सम्पूर्ण प्राविधिकहरु औपचारिक कार्यक्रम मार्फत राजीनामा दिने कार्यक्रम घोषणा गरेका छन्।

सम्बन्धित पक्षले वार्ताको आव्हान गरेमा अध्यक्ष अमरको संयोजकत्वमा ११ सदस्यीय वार्ता समिति गठन गरिएको पनि बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad