समाज


पाटन अस्पताल भर्ना भएका वरिष्ठ जनस्वास्थ्य अधिकृत भन्छन् : जनकपुरमा उपचार सुविधा छैन

पाटन अस्पताल भर्ना भएका वरिष्ठ जनस्वास्थ्य अधिकृत भन्छन् : जनकपुरमा उपचार सुविधा छैन

शैलेन्द्र महतो
बैशाख १२, २०७८ आइतबार ९:०,

प्रदेश २ मा कोरोना रोकथाम नियन्त्रणमा अग्रपंक्तिमा खटेका स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झा संक्रमित भएका छन्।

गएको वैशाख ५ गते कोरोना पुष्टि भएका निर्देशनायका वरिष्ठ अधिकृत झाको स्वास्थ्य अवस्था खराब हुँदा शनिबार बिहान ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ।

उनी संक्रमित भएको बेलादेखि होमआइसोलेशनमा बसेका थिए। शुक्रबार बिहान स्वासप्रश्वासमा समस्यासहित स्वास्थ्य अवस्था खराब भएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नहुँदा एम्बुलेन्स मार्फत शुक्रबार राति नै पाटन होस्पिटल लगेर भर्ना गरिएको छ। त्यहाँ भर्ना भएपछि आफ्नो ज्यान बँच्ने सम्भावना बढेको उनले नेपालखबरसँग बताए।

‘संक्रमित भएको पाँचौं दिनमा श्वासप्रश्वासमा समस्या भयो। स्वास्थ्य अवस्था बिग्रियो। प्रादेशिक अस्पतालमा भर्ना भएँ। त्यहाँ साधन श्रोत केही छैन’ अधिकृत झाले नेपालखबरसँग भने, ‘बल्ल पाटन हस्पिटल पुगेपछि अलि होस आयो। यहाँ आएपछि अब बाँच्ने आश पलाएको छ।’

प्रदेश २ मा कोरोना रोकथाम नियन्त्रण तथा कोरोना संक्रमित, क्वारेन्टिन, आइशोलेशनको दैनिक डाटा संकलन तथा अपडेट लगायतका काम बवरिष्ट अधिकृत झाले नै गर्दै आएका छन्।

उनी समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक समेत हुन्। प्रदेशमै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खट्ने वरिष्ठ अधिकृत झाको प्रतिक्रियाले प्रदेश २ मा कोरोना संक्रमितको उपचारको कस्तो व्यवस्था छ भन्ने दर्शाउँछ।

कोरोना रोकथामकै महत्वपूर्ण भूमिकामा भएका व्यक्तिलाई प्रदेशमा उपचारप्रति भरोसा छैन भने आम नागरिकको यस्तो अवस्थामा के दशा होला सहजै अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .