समाज


समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अदालतको आदेश

समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अदालतको आदेश

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १५:१८,

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बासुदेव बविन शर्मा, उज्यालो नेटवर्क प्रालिका सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलाई उच्च अदालत पाटनले समाचारकै विषयलाई लिएर पक्राउ नगर्न आदेश दिएको छ।

समाचारप्रति सम्बन्धित सञ्चारमाध्यमबाट खण्डन भैसकेको अवस्थामा पक्राउ र धरपकड गरिनु कानुनविपरीत हुने भन्दै अदालतले पक्राउ नगर्न आदेश दिएको हो।

नेपाल पत्रकार महासंघले अदालतको सो आदेशलाई स्वागत गर्दै आदेशको सम्मान हुनेमा विश्वस्त रहेको बताएको छ।

पत्रकारहरुको यो कानुनी प्रक्रियामा सहयोग गर्ने वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता लिलामणी पौडेल, अधिवक्ता डा. दिनामणी पोखरेल, अधिवक्ता डा. भिमार्जुन आचार्य, अधिवक्ता भक्तिराम घिर र अधिवक्ता लोकेन्द्र वलीसहितलाई महासंघले धन्यवाद दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनलाइसिस विड्स ‘रअ’ का प्रमुख सामन्त गोयलबीच भएको चार बुँदे सहमतिका विषयमा समाचार प्रकाशित भएपछि प्रहरीले पक्राउ गर्ने उद्देश्यले केन्द्रीय सदस्य शर्मासहितका पत्रकारलाई खोजतलास गरेपछि महासंघ कानुनी उपचारमा गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad