नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव अनिश्चतकालका लागि स्थगित भएको छ।
एसोसिएसनको बिहीबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहरलाई ध्यानमा राख्दै अनिश्चितकालसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
एसोसिएसनको नयाँ कार्य समिति चयनका लागि वैशाख २४ गते निर्वाचन हुने कार्यक्रम रहेको थियो।
एसोसिएसनले वैशाख ६ गते मन्त्रिपरिषदले कोरोना नियन्त्रणका लागि तय गरेको मापदण्ड बमोजिम निर्वाचन स्थगित गरेको जनाएको छ।
मन्त्रिपरिषदले वैशाख मसान्तसम्म २५ जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन रोकेको छ भने सबै संघसंस्थालाई मानिसको भीड नहुने कार्यक्रम नगर्ने भनेको छ।
प्रतिक्रिया