गएको २४ घण्टामा त्यहाँ ३ लाख १४ हजार नयाँ कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका हुन्। सोही अवधिमा त्यहाँ २१ सय ४ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १ करोड ५९ लाख ३० हजारभन्दा बढी पुगेको छ।
हालसम्म त्यहाँ १ लाख ८४ हजारको मृत्यु भइसक्दा १ करोड ३४ लाख ५४ हजार उपचारपछि कोरोनामुक्त भएका छन्।
कोरोनाविरुद्धको खोप कार्यक्रम जारी रहँदा भारतमा भने कोरोनाको प्रभाव ज्यादै बढ्दै गएको देखिएको छ। कोरोनाको नयाँ प्रकारको भाइरस डबल म्युटेन्टका कारण धेरै संक्रमित बनेको बताइएको छ।
अहिले भने त्यहाँ ट्रिपल म्युटेन्ट भाइरस नै देखा परेको समाचारहरु आएका छन्। यो झनै खतराको संकेत भएको विज्ञहरुको भनाइ छ।
3
Shares

प्रतिक्रिया