काठमाडौंको गोंगबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबु चोकमा प्रदेश नं ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको आज मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन्।
घाइते विष्टको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ। फरार रहेका मिनिट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया