समाज


विश्वमा कोरोना संक्रमित भइरहेका हरेक चारमध्ये एक भारतीय नागरिक

विश्वमा कोरोना संक्रमित भइरहेका हरेक चारमध्ये एक भारतीय नागरिक

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ७:५०,

अहिले दैनिक कोरोना भाइरस संक्रमितको दरलाई मध्यनजर गर्दा भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र हो।

भारत सरकारले कोरोना भाइरसको नयाँ प्रकारको खतरालाई कम आँकलन गर्दा त्यहाँ धेरै मात्रामा संक्रमित थपिरहेको विज्ञहरुले बताएका छन्।

अहिले साढे २ लाखभन्दा बढीको दरले भारतमा दैनिक कोरोना संक्रमित थपिरहेका छन्।

यसबीचमा रोयटर्सले गरेको अनुसन्धानमा हाल विश्वमा थपिरहेका हरेक चार कोरोना संक्रमितमध्ये १ भारतीय नागरिक रहेको बताएको हो।

गएको २४ घण्टामा मात्र भारतमा २ लाख ९५ हजार ४१ नयाँ कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ भाइरसका कारण २ हजार २३ को मृत्यु भएको बताइएको छ।

भारतमा कोरोना प्रकोप सुरु भएयता पहिलोपटक २ हजारको एकैदिन मृत्यु भएको हो। भारत अमेरिकापछि विश्वमै कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो।

यो पनिः अमेरिकाले आफ्ना नागरिकलाई भन्योः खोप लगाउनेहरु पनि भारत नजानू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad