कारोबार


नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागि मनीग्राम र इ–सेवा मनी ट्रान्सफरबीच साझेदारी

नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागि मनीग्राम र इ–सेवा मनी ट्रान्सफरबीच साझेदारी

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ७:२२,

सीमा पार पी२पी रकम भुक्तानी र रकम स्थानान्तरणका लागि संसारकै अग्रणी मानिने कम्पनी मनीग्राम इन्टरनेशनलले आज एफ१सफ्ट ग्रुपको सहायक कम्पनी इ–सेवा मनी ट्रान्स्फरसँग साझेदारीको घोषणा गरेको छ।

विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुलाई सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इ–सेवा वालेटमा रकम पठाउन सक्ने सुविधा प्रदान गर्न उक्त साझेदारी भएको कम्पनीले जनाएको छ।

योसँगै खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवा वालेट पनि सुरुवातको तयारीमा छ।

सबै प्रमुख बैंकहरुसहित ६५ भन्दा धेरै बैंकहरु जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ।

नेपालमा रहेका ४२ लाख भन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागी विशाल कोशेढुंगा हुने कम्पनीको भनाइ छ।

विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागि संसारकै उच्च प्राप्तकर्ताहरुमध्ये एक हो र सन् २०१९ मा ८.२५ बिलियन अमेरिकी डलरबराबरको रेमिट्यान्स देश भित्रिएको थियो।

भरत र दक्षिण एसियाका प्रमुख नावेद अशरफले भने, ‘यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्द्रित क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागि उत्साहित छौँ।’

वित्तीय सेवालाई डिजिटाइज बनाउन इ–सेवासँग साझेदार भई लाखौं गैरआवासीय नेपालीहरुलाई सहज रुपमा रकम पठाउन र उनीहरुका लाभार्थीलाई सहज रुपमा रकम प्राप्त गर्ने सेवा उपलव्ध गराउन पाउँदा गौरवान्वित भएको उनले बताए।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोप भरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु, यस मनीग्राम र इसेवाको साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन्।

रकम पठानउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झट मुक्त अनुभव सुनिश्चित गर्छ ।

इसेवाको मूल कम्पनी एफ१सफ्ट सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकालले मनीग्रामसँग नयाँ सहकार्यका लागि अत्यन्त उत्साहित रहेको बताए।

उनले भने, ‘मनीग्रामसँगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad