तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई भीरबाट खस्दा चालकको मृत्यु भएको छ।
गतराति साढे ९ बजे म्याङलुङ देखि मोराहाङतर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो।
सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ वर्षीय कृष्ण खापुङ गम्भीर घाइते भएका थिए।
घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ।
प्रतिक्रिया