अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा ३ जना रुसी नागरिक सम्पर्कविहीन भएका छन्।
सँगै आरोहण गरेर अन्य पर्वतारोही आइतबार साँझ बेसक्याम्प फर्के पनि ३ रुसी नागरिक भने सम्पर्कविहीन भएका हुन्।
सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंका अनुसार ‘तातोपानी, खाना खाएर हामी तल झर्छाैं’ भनेका उनीहरू अहिलेसम्म बेसक्याम्प नफर्केका हुन्।
उनीहरूको खोजीका लागि अहिले हेलिकोप्टरमा शेर्पाको टोली पठाउने तयारी भइरहेको उनले नेपालखबरलाई जानकारी दिए। बेपत्ता रुसी नागरिकको नाम भने उनले उपलब्ध गराइसकेका छैनन्।
विश्वको दसौं अग्लो अन्नपूर्ण हिमाल पदयात्राका लागि विश्वभर प्रख्यात् छ। समुद्री सतहबाट ८ हजार ९१ मिटर अग्लो यो हिमाल पहिलोपटक सन् १९६० जुन ३ मा फ्रेन्च नागरिक एम हेरजोग र एल ल्याचनेलले आरोहण गरेका थिए।

प्रतिक्रिया