समाज


थप ९०० मा कोरोना भाइरस संक्रमण पुष्टि

थप ९०० मा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार १४:६,

देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

जसमा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौंमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ। त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ७४ हजार ८१२ रहेको छ। निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ।

अहिले देशभर पाँच हजार आठ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा रहेका छन्। अन्य आइसोलेसनमा रहेका छन्। हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ। हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad