२० वर्षका डन्टे राईटको गोली प्रहारबाट मृत्यु भएपछि अमेरिकामा प्रहरीविरुद्ध आन्दोलन सुरुवात भएको छ।
बीबीसीका अनुसार बढ्दो तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपतकालीन अवस्थाको घोषणा गरेका छन्।
मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा सोमबार रातभरिका लागि कर्फ्यु लगाएका हुन्।
राइटलाई आइतबार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो।
त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो।

प्रहरी के भन्छ?
प्रहरीले यस घटनालाई दुर्घटनाको रूपमा अर्थ्याएको छ।
ब्रुकलिन सेन्टरका प्रहरी प्रमुख टिम गानोनका अनुसार टेजर हान्न खोज्दा झुक्किएर बन्दुक प्रयोग भएको थियो।
राइटमाथि गोली चलाउने प्रहरी किम पोटर भएको र उनी ब्रुकलिन सेन्टर प्रहरी कार्यालयमा २६ वर्षदेखि सेवामा रहेको बताइएको छ।
टेजर
टेजर विद्युतीय हतियार हो। यो प्रहार भएपछि मानिसलाई विद्युतीय झट्का लाग्छ जसले मानिसलाई केहीबेर अचेत बनाउँछ। यसको प्रयोगबाट प्रहरीलाई चाहिएको व्यक्ति नियन्त्रणमा लिन सजिलो हुन्छ।

प्रतिक्रिया