कारोबार


हाम्रो उडान संक्रमणरहित छ, स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गरेका छौँः बुद्ध एयर

हाम्रो उडान संक्रमणरहित छ, स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गरेका छौँः बुद्ध एयर

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ७:४१,

निजी क्षेत्रको हवाइ सेवा प्रदायक बुद्ध एयरले कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर सेवा दिइरहेको जनाएको छ।

कोभिड १९ संक्रमण अहिले फेरि बढेको सन्दर्भमा कम्पनीले संक्रमणविरुद्धका उपाय अवलम्बन गरेर सेवा दिइरहेको स्पष्ट पारेको हो।

सुरक्षित उपायहरु भनेकै मास्क, सेनिटाइजरको प्रयोग तथा सामाजिक दूरी भएकाले यसको पालना वर्षौँवर्ष गर्नुपर्ने देखिएको कम्पनीले जनाएको छ।

‘आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत पर्दछ। बुद्ध एयर त्यसैअनुरुप सुरुवातमै कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई यसका सम्पूर्ण कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई प्रदान गरेको थियो, जुन अहिले पनि जारी नै छ’, बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने।

उनले संक्रमणरहित हवाइ यात्राका लागि बुद्ध एयर प्रतिबद्ध रहेको बताए।

यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजको प्रयोग अनिवार्य बनाएको उनको भनाइ छ।

उनले भने, ‘हामीले हरेक उडानको यात्रु डाटाबेस कम्प्युटरकृति गरेका छौं, सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिनसक्छौँ।’

यसले कोरोना रोकथाममा सहयोग हुने बजार निर्देशक जोशीले बताए।

बुद्ध एयरका लगभग सबै कर्मचारीहरुले करोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन्। अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बुद्ध एयर पूर्ण सुरक्षित छ, यात्रुहरु सुरक्षित उपायहरु अपनाई ढुक्क भएर यात्रा गर्नसक्छन्।

हवाइ उडान पुनः सुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको, ससाना पसलदेखि ठूलाठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका, अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेकाले उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरुको पनि उत्तिकै भूमिका रहेको कम्पनीले जनाएको छ।

पहिलो लकडाउनताका आम नेपालीहरु खाद्यान्न भ्यान, गाडी, एम्बुलेन्स आदि इत्यादिमा कोचिएर लामो यात्रा गर्न बाध्य भएको र सुरक्षित उपायहरु नअपनाइएकाले संक्रमण धेरै देखिएको कम्पनीले जनाएको छ।

अब फेरि यस्तो लकडाउन दोहरिन नहुने बरु सुरक्षित तथा संक्रमणरहित यात्राको व्यवस्था हुनैपर्नै कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad