समाज


इन्टरपोलबाट रेड नोटिस जारी भएका काजीमान यूएईमा पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका काजीमान यूएईमा पक्राउ

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ७:१७,

इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त यूएईमा पक्राउ परेका छन्।

कर्तव्यज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेको हो।

कर्तव्यज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल अन्तर्राष्ट्रिय सचिवालयबाट रेड नोटिस जारी भएको थियो।

उनको खोजी गर्ने क्रममा इन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad