भारतको विशेषज्ञ समिति सीडीएससीओले रुसमा बनेको खोपलाई स्वीकृति दिएसँगै यहाँ यतिबेला तीन खोपले प्रयोगका लागि मञ्जुरी पाएको छ।
भारतमै बनेको खोप कोभ्याक्सिन, अक्सफोर्ड तथा एस्ट्राजेनिकाको खोप कोभिशिल्डपछि रुसी खोपले स्वीकृति पाएको हो।
भारतमा दैनिक कोरोना संक्रमण दर एक लाखभन्दा बढी रहेको समयमा यहाँ कोरोनाविरुद्धको अभियानका लागि तेस्रो खोपलाई स्वीकृति दिइएको हो। टाइम्स अफ इन्डिया

प्रतिक्रिया