ad ad

समाज


बाँसझ्याङमा आगो सल्कँदा वृद्धाको मृत्यु

बाँसझ्याङमा आगो सल्कँदा वृद्धाको मृत्यु

नेपालखबर
चैत ३०, २०७७ सोमबार ८:५०,

तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ।

आज बिहान साढे ९ बजे उनी घरदेखि नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बाँसझ्याङमा पुगेको थियो।

बाँसझ्याङमा आगो सल्किएको थाहा पाई स्थानीय किशोरप्रसाद सिग्देल र फूलमायाकी जेठी बुहारीसँगै आगो निभाउने क्रममा फूलमायालाई आगोले पालेको थियो। 

बाँसझ्याङमा खोल्सी परेको स्थानमा फूलमायाको शरीरको कपडा पूर्णरुपमा जलिसको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .