समाज


पर्सा र कालिकोटमा आगलागी : ११ घर जले, एक किशोरी घाइते

पर्सा र कालिकोटमा आगलागी : ११ घर जले, एक किशोरी घाइते

नेपालखबर
चैत २९, २०७७ आइतबार ०:५०,

पर्सा र कालिकोटमा आगलागी हुँदा ११ वटा घर जलेर नष्ट भएको छ। आगलागीमा परेर एक किशोरी घाइते भएकी छन्।

पर्साको ठोरी गाउँपालिका–२ इच्छानगरमा आगलागी हुँदा स्थानीय पहलमान प्रजा, कृष्णबहादुर नगरकोटी र रञ्जित नगरकोटीको घर तथा गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए।

आगलागीमा परेर १५ वर्षीया शर्मिला नगरकोटी घाइते भएकी छन्। उनी ७२ वर्षीया हजुरआमाको उद्धार गर्ने क्रममा घाइते भएकी प्रहरीले जनाएको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आगलागीबाट करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ।

त्यसैगरी कालीकोटको पचाल झरना गाउँपालिका– ८ को खोली बजारमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन्।

स्थानीय दुर्गा सार्की, वीरमाने सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृत सार्कीको घर आगलागीमा परेर नष्ट भएको कालिकोटका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।

पचाल गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार बालबालिकाले खेल्ने क्रममा आगो लगाएको अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad