इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ।
एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झन्डै ८२ किलोमिटर मुनि थियो। जुन स्थान इस्ट जाभाको मालाङ सहरनजिक पर्छ।
भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले प्रारम्भिक जानकारी दिएको छ।
तर क्षतिबारे विस्तृत विवरण संकलन जारी छ।

प्रतिक्रिया