समाज


जंगलमा लागेको आगो बस्तीमा पस्दा जाजरकोट र पर्वतमा १० घर जले

जंगलमा लागेको आगो बस्तीमा पस्दा जाजरकोट र पर्वतमा १० घर जले

नेपालखबर
चैत २८, २०७७ शनिबार ५:५१,

जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्।

स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए। उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन्। घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन्।

गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो।

आगलागी हुँदा घर र गोठ नष्ट
दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रबार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको छ।

डाँडाकाहुँको भीरमा रहेको जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन्।

आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ।

त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए। घरवारविहीन भएका अहिले आफन्तकोमा आश्रम लिएर बसेका छन्।

आगालागीबाट पूर्ण क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिए। त्यसैगरी अन्य सामान्य क्षति पुगेकालाई टेन्ट र त्रिपाल वितरण गरिएको उनले बताए। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि केही पशुचौपाया मरेका छन्। आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। आगो राति अबेर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad