ad ad

समाज


‘युरेनियम’ मुद्दामा तीन जना थुनामा, एक जना धरौटीमा रिहा

‘युरेनियम’ मुद्दामा तीन जना थुनामा, एक जना धरौटीमा रिहा

उजिर कार्की
चैत २७, २०७७ शुक्रबार ११:८,

गत फागुन २७ गते कच्चा युरेनियमसहित पक्राउ परेकामध्ये तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

जिल्लान अदालत काठमाडौँले थुनछेक बहसपछि बिहीबार तीन जनालाई थुनामा पठाउने र एक जनालाइृ २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

जिल्ला न्यायाधीश कृष्णजंग शाहले जानुका तामाङ, नारायणसिंह तामाङ र प्रकाश चौहानलाई केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएका हुन्। अर्का अभियुक्त सिन्धुलीका मनोज न्यौपाने भने दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन्।

गत साता प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला अदलतमा मुद्दा दर्ता भएको थियो। रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ को दफा ४७ को उपदफा (ख) बमोजिमको कसुरमा मुद्दा दयार गरेको थियो।

उक्त ऐनअनुसार प्रतिवादीलाई ७ देखि १२ लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। उनीहरुले किनबेच गर्न लागेको अवस्थामा प्रहरीले २ किलो ५ सय ग्राम कच्चा युरेनियम बरामद भएको थियो।

उक्त पदार्थ कच्चचा युरेनियम भएको नास्टले पुष्टि गर्दै चैत ११ गते प्रतिवेदन दिएको थियो।

नारायणसिंह जानुकाका देवर हुन्। उनी पुरातात्विक वस्तुहरु बेचबिखन गर्थे। सोही क्रममा जानुकाको घरमा युरेनियम भएको उनले थाहा पाएका थिए। जानुकाले नारायणसिंहलाई सुरुमा नमुना दिएकी थिइन्। नारायणसिंहले प्रकाश चौहानलाई दिएर किन्ने मान्छे खोज्न भनेका थिए।

नमुना परीक्षणमा युरेनियम भएको पुष्टि भएपछि उनीहरु किनबेचमा लागेका थिए। मनोज न्यौपाने भने प्रकाशसँग फलफूल बजारमा चिनजान भएको र रामेछाप सँगै घुम्न गएको देखिएको छ।

प्रकाशले जाऊँ भनेका कारण मात्रै गेस्ट हाउसमा पुगेको देखिएको आदेशमा उल्लेख छ। उनलाई भने थुनामा राख्नु पर्नेसम्मको कसुर नदेखिएको भन्दै दुई लाख धरौटीमा छाड्न आदेशमा भनिएको छ।

भारतबाट युरेनियम ल्याउने जानुकाका ससुरा अम्बरबहादुर लामालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्न पनि आदेशमा भनिएको छ। प्रहरीले उनलाई फरारको सूचीमा राखेर मुद्दा बुझाएको थियो।

उनी अमेरिकामा बस्दै आएका छन्। उनी वृद्ध र रोगी समेत रहेको परिवारले प्रहरीलाई बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .