कारोबार


कालिमाटी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर सेवा

कालिमाटी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर सेवा

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १०:५१,

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार विस्तारित गर्ने क्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा सञ्चालन गरेको छ।

शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले सेवाको शुभारम्भ गरे।

कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर स्क्यान गरी भुक्तानी गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई धन्यवाद ज्ञापन गरे।

उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाई रहेको जानकारी गराए।

साथै, उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा तथा धन्यवाद ज्ञापन गरे।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .