समाज


वायु प्रदूषण बढेपछि सुर्खेत जिल्ला प्रशासनले भन्यो: अत्यावश्यक काम नपरी बाहिर ननिस्कनू

वायु प्रदूषण बढेपछि सुर्खेत जिल्ला प्रशासनले भन्यो: अत्यावश्यक काम नपरी बाहिर ननिस्कनू

नेपालखबर
चैत २५, २०७७ बुधबार १४:४१,

देशभर वायु तुवाँलो लागेर वायु प्रदूषण बढिरहेका बेला सुर्खेतमा स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन जिल्लावासीलाई अनुरोध गरेको छ।

सुर्खेत जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी वायु प्रदूषणबाट बच्न सचेत गराएको हो।

प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ, ‘वायु प्रदूषणको स्तर बढ्दै गई मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनु हुन र केटाकेटी, बूढाबूढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन अनुरोध गरिन्छ।’ 

surkhetnotice

यो पनि : मौसमविद्को २४ घण्टे चेतावनी : अधिकांश स्थानमा तुवाँलो लागेको छ, बच्नुहोला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad