नेपाल पर्यटन बोर्ड, किर्तिपुर नगरपालिका र ‘पिस थ्रु स्पोर्टस कमिसन’को सहकार्यमा किर्तिपुर नगरपालिकामा एक दिने चित्रकला प्रदर्शनी भएको छ।
‘पिस थ्रु स्पोर्टस कमिसन’ले विशेषगरी किर्तिपुरको पर्यटन विकासमा टेवा पुर्याउने हेतुले नेपाल पर्यटन बोर्डको सहयोगमा ‘सिटी अन द हिल’ ट्यागलाइन राखि यो कार्यक्रम आयोजना गरेको हो।

प्रदर्शनीमा प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, किर्तिपुर महानगरपालिकाका मेयर तथा पिस थ्रु स्पोर्टस कमिसनका अध्यक्ष रमेश महर्जन, किर्तिपुर नगरपालिकाका–उप प्रमुख सरस्वती खड्का लगायत कलाकार तथा प्राज्ञहरुको उपस्थिती रहेको थियो।

प्रदर्शनीमा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल किर्तिपुर झल्कने विभिन्न ४० वटा चित्रहरु राखिएको थियो। कार्यक्रम किर्तिपुर नगरपालिका वडा न. २ स्थित किर्तिपुरकै सबैभन्दा उचाईमा रहेको काःच्वा (उमामहेश्वर मिन्दर) परिसरमा भएको थियो।


प्रतिक्रिया