कारोबार


मुद्राकोषले आफ्नै प्रक्षेपण संशोधन गर्दै भन्यो– विश्व अर्थतन्त्र ६ प्रतिशतले वृद्धि हुन्छ

मुद्राकोषले आफ्नै प्रक्षेपण संशोधन गर्दै भन्यो– विश्व अर्थतन्त्र ६ प्रतिशतले वृद्धि हुन्छ

नेपालखबर
चैत २५, २०७७ बुधबार १०:२८,

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२१ र ०२२ मा विश्व अर्थतन्त्रमा बलियो सुधार हुने जनाएको छ ।

कोषले गत जनवरीमा गरेको अनुमान प्रक्षेपणलाई ‘अपग्रेड’ गर्दै नयाँ प्रक्षेपण गरेको हो।

तर यस्तो सुधार देशहरुबीचमा खतरनाक हिसाबले फरक फरक हुने कोषले चेतावनी दिएको छ ।

कोषका अनुसार यो वर्ष विश्व अर्थतन्त्र ६ प्रतिशतले वृद्धि हुनेछ भने अर्को वर्ष ४.४ प्रतिशतले हुनेछ । दुवै वृद्धिदर गत जनवरीमा गरेकाे प्रक्षेपणभन्दा बढी हो ।

खासगरी विश्वका विकसित अर्थतन्त्रमा त्यसमा पनि अमेरिकी अर्थतन्त्रमा बलियो सुधार हुने कोषको प्रक्षेपण छ ।

एउटा ब्लगमा आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले स्वास्थ्य र आर्थिक क्षेत्रमा देखिने गरी संकट देखिएको बताएकी छिन् ।

तर खोप अभियानका कारण धेरैजसो अर्थतन्त्रमा यो वर्ष सुधारको बलियो प्रभाव देखिनेछ । खोप अभियान कम भएका, अर्थतन्त्रलाई सीमित सहयोग हुने आर्थिक नीति ल्याएका र पर्यटनमा आश्रित अर्थतन्त्रमा भने कम सुधार हुनेछ । खासगरी विकासशील देशमा अघिल्ला दुई कारणले प्रभाव पारेको ब्लगमा उल्लेख छ ।

चीनजस्ता उदाउँदा अर्थतन्त्र भने यसअघि नै महामारीअघिकै अवस्थामा फर्किसकेका छन् । तर धेरै अरु अर्थतन्त्र भने सन् २०२३ पछि मात्रै पुनरुत्थान हुनेछन् ।

रिपोर्टअनुसार सन् २०२० देखि २०२२ सम्म प्रतिव्यक्ति आयको सञ्चित नोक्सानी यस्ता देशमा २० प्रतिशत हुनसक्नेछ । विकसित संसारमा भने यस्तो दर ११ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ।

त्यस्तै रिपोर्टले गरिबी न्यूनीकरणमा यसअघि पाएको सफलता उल्टिएको छ । कोषका अनुसार गत वर्ष अतिगरिबको संख्या नौ करोड ५० लाखले बढेको छ । यसमा आठ करोड संख्या कुपोषित जनसंख्या छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad