ओखलढुङ्गाकाे मानेभञ्ज्याङ–४ धुसेनिस्थित भित्रि सडक खण्डमा मंगलबार बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा चार जना सवार रहेकाे प्रहरीले जनाएकाे छ।
मृत्यु हुनेमा मानेभञ्ज्याङ–४ धुसेनि बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, सोही स्थानका ५० वर्षीया टुल्कीमाया आलेमगर र ५ वर्षीया बालिका डोलकुमारी आलेमगर रहेका छन्।
धुसेनितर्फ जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ७ सय मिटर तल खसी दुर्घटना भएकाे थियाे। गम्भीर घाइते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउँसो ४ बजे तथा बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको हाे।
गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ वर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागि एम्बुलेन्सद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
Shares

प्रतिक्रिया