ओखलढुङगा मानेभञ्ज्याङ ४ धुसेनीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ४ जना सवारमध्ये ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मानेभञ्ज्याङ ४ धुसेनी बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, सोही स्थान बस्ने ५० बर्षीया टुल्कीमाया आलेमगर र सोही स्थान बस्ने ५ बर्षीया बालिका डोलकुमारी आलेमगर छन्।
मंगलबार सवा ११ बजे धुसेनीतर्फ जाँदै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको थियो।
घाइते भएकी बालिका डोलकुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको थियो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक सिद्धिचरण १० बस्ने २६ बर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्समा काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

प्रतिक्रिया