ad ad

समाज


अमेरिकामा जातीय हिंसाः ६४ वर्षकी एसियाली महिलाको छुरा प्रहार गरी हत्या

अमेरिकामा जातीय हिंसाः ६४ वर्षकी एसियाली महिलाको छुरा प्रहार गरी हत्या

नेपालखबर
चैत २३, २०७७ सोमबार १०:५०,

गत शनिबार बिहानै क्यालिफोर्नियाको रिभरसाइडमा आफ्नो कुकुर लिएर मर्निङ वाकमा निस्किएकी ६४ वर्षकी एसियाली महिला कि चे मेङमाथि छुरा प्रहार भएको सीएनएनले जनाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते मेङको उच्च रक्तश्रावका कारण मृत्यु नै भएको छ। यो घटनाले अमेरिकामा एसियाली मुलका नागरिकहरु त्रसित बनेका छन्।

कोरोना भाइरसको प्रकोप फैलिएसँगै अमेरिकामा जातीय हिंसा बढ्दै गएको छ।

चिनियाँ नागरिकजस्ता देखिने मानिसमाथि आक्रमणको घटना दोहोरिँदै जाँदा अमेरिकी सरकारले त्यस्ता हिंसा रोक्न विभिन्न प्रयास गरेका छन्।

यो पनि: अमेरिकामा जातीय हिंसाबारे प्रख्यात डिजाइनर प्रबल गुरुङ भन्छन्: आमालाई खैरो विग र ह्याट लगाउनु भनें

यद्यपी आक्रमणको घटना दैनिक भइरहेको देखिन्छ। कोरोना भाइरस पहिलोपटक चीनको वुहान बजारबाट फैलिएको थियो।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले पारदर्शी तवरबाट कोरोनाको खतराबारे जानकारी नदिएका कारण कोरोना विश्वभर फैलिएको बताउने गर्दथे।

उनले कोरोना भाइरसलाई चिनियाँ भाइरस, वुहान भाइरस भन्ने गर्दथे। अधिकाँश आक्रमणको घटनामा पनि एसियाली नागरिकमाथि आक्रमण हुँदा चीनसँग सम्बन्धित गाली गलौज गर्ने गरिएको छ।

यो पनिः 
बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस गेट आउट’ भन्दै कुटपिट गरियो

७६ वर्षकी चिनियाँ वृद्धामाथि अमेरिकामा आक्रमण, मुक्का प्रहार गर्ने पुरुष उल्टै अस्पतालमा

जातीय आक्रमण बढेपछि एसियाली मुलका अमेरिकी सेनाले युद्धको घाउ देखाउँदै भने...

-अमेरिकामा एसियाली–अमेरिकी महिलामाथि फेरि हिंसा, लात्ताले हिर्काइयो (भिडिओ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .